Rule 20D
शर्त पालना गर्नु पर्ने
(१) ब्याट्री व्यवसायीले ब्याट्री व्यवसाय गर्दा अनुसूची–९ बमोजिमको शर्तहरु पालना गर्नु पर्नेछ ।
(२) ब्याट्री व्यवसायीले उपनियम (१) बमोजिमको शर्तहरु पालना गरे नगरेको सम्बन्धमा मन्त्रालयले निरीक्षक खटाई त्यस्तो कामको निरीक्षण गराउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम निरीक्षण गर्दा कुनै ब्याट्री व्यवसायीले उपनियम (१) बमोजिम तोकिएको शर्त उल्लङ्घन गरेको देखिएमा निरीक्षकले सो कुराको प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम निरीक्षकबाट प्राप्त भएको प्रतिवेदन जाँचबुझ गर्दा ब्याट्री व्यवसायीलाई कुनै निर्देशन दिन आवश्यक देखिएमा मन्त्रालयले त्यस्तो व्यवसायीलाई अवधि तोकी शर्त पालना गर्न निर्देशन दिनेछ ।
(५) उपनियम (४) बमोजिम दिइएको अवधिभित्र कुनै ब्याट्री व्यवसायीले शर्त बमोजिम आफ्नो काममा सुधार नगरेमा मन्त्रालयले त्यस्तो व्यवसाय तुरुन्त बन्द गराई त्यस्तो ब्याट्री व्यवसायीलाई ऐन बमोजिम सजाय गर्न सक्नेछ ।
(६) ब्याट्रीको प्रयोगकर्ताे अनूसूची–९ बमोजिम तोकिएका शर्तहरुको पालना गर्नु पर्नेछ ।